हुप्सेकोटको सरस्वती संस्कृत तथा साधारण मा.वि.ले मङ्सिर २९ गते देखि स्वर्ण महोत्सव मनाउँदै

NAWALPUR TIMES

हुप्सेकोटको सरस्वती संस्कृत तथा साधारण मा.वि.ले मङ्सिर २९ गते देखि स्वर्ण महोत्सव मनाउँदै
20241123 120306 COLLAGE scaled

कावासोती
हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी स्थित सरस्वती संस्कृत तथा साधारण मा.वि.ले मङ्सिर २९ गते देखि पौष ३ गते सम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।

विक्रम सम्वत २०२७ सालमा स्थापित बिध्यालयले स्थापनाको ५३ औं बर्ष पार गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको जनाएको छ ।

स्वर्ण महोत्सवमा स्वर्ण स्तम्भ अनावरण,स्वर्ण स्मारिका बिमोचन सङ्गै प्राबिधिक शिक्षा संचालनका लागि बिबिध कार्यक्रम संचालन गर्न लागिएको स्वर्ण महोत्सब मुल आयोजक समितिका संयोजक अमर गोदारले बताए ।

उनका अनुसार मङ्सिर २९ गते भब्य समारोहका बिच उदघाटन हुने स्वर्ण महोत्सवको पौष ३ गते समापन हुनेछ ।

“प्रविधिमैत्री विद्यालय र कक्षा ९-१२ कम्प्युटर इन्जिनियरिङ्ग” सञ्चालन गर्ने योजना सहित बालमैत्री एवम् प्रविधिमैत्री कक्षाकोठा निर्माण,सुविधायुक्त विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र ई-पुस्तकालयको व्यवस्था,स्मार्ट बोर्ड सहितको सुविधा सम्पन्न सेमिनार हल निर्माण ,बालमैत्री बाल उद्यानको निर्माण,अभिभावक र विद्यार्थीको मागलाई मध्यनजर गर्दै यातायातको प्रबन्ध गर्ने उदेश्यका साथ स्वर्ण महोत्सव आयोजना गर्न लागिएको हो ” गोदारले भने ।

गोदारले स्वर्ण महोत्सबका लागि सुझाब संकलन तथा समिती निर्माणको काम भईरहेको जानकारी दिए ।

स्वर्ण महोत्सबमा मङ्सिर २९ गते कलश यात्रा,स्वर्ण महोत्सव स्तम्भ अनावरण सहित समुद्घाटन,स्वर्ण स्मारिका विमोचन,
शुभकामना मन्तब्य,स्थानीय झाँकी र मौलिक भेषभुषासहितको नृत्य,विद्यार्थीहरुको प्रतिभा प्रदर्शन मंसिर ३० गते पूर्व शिक्षक तथा विद्यार्थी पूर्नमिलन, रक्तदान कार्यक्रम,जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता (मा.वि.तह)
पौष ०१ गते सम्मान कार्यक्रम (संस्थापक सदस्य तथा परिवार, आजीवन सदस्य, अक्षयकोष दाता, पूर्व तथा वर्तमान चन्दादाता) अभिभावक मैत्रीपूर्ण खेल,विद्यार्थीहरुको प्रतिभा प्रदर्शन पौष ०२ गते मंगलवार वर्तमान शिक्षक तथा कर्मचारी सम्मान,विद्यार्थीहरुको प्रतिभा प्रदर्शन,विद्यार्थी पुरस्कार तथा अक्षयकोष छात्रवृत्ति वितरण तथा अक्षयकोष दाता सम्मान,सहित पौष ३ गते महोत्सबको समापन गरिने बिध्यालयका प्रधानाध्यापक टंकनाथ ढकालले बताए ।


बिध्यालयले स्वर्ण महोत्सब सफल पार्न समुदायका सबै पक्षलाई अपिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology