कावासोती । ए होर माया, सजना मोर जस्ता चर्चित गीतकी गायिका अनु चौधरीको होली गीत बजरमा आउने भएको छ ।रङ र खुसीहरूको पर्व होलीको अवसरमा गायक रोशन सिंह र गायिका अनु चौधरीको स्वरमा होली गीत बजारमा आउने भएको हो ।
गीतमा संगीतकार नरहरी प्रेमीको संगीतका साथै गीतकार आदर्श सुशील र नरहरी प्रेमीको शब्द रहेको छ। होली गीतलाई लक्षु प्रकाश मल्लले एरेन्ज गरेका हुन् भने पुष्कर खत्रीले मिक्सिङ गरेका छन्।
काठमाडौंको फाइन ट्युन रेकर्ड्समा रेकर्ड गरिएको उक्त होली गीतलाई राजकुमारले निर्देशन गरेका छन्। नुवाकोट जिल्लाको गुरुङ गाउँको मातुङ रिसोर्टमा उक्त होली गीतको सुटिङ सम्पन्न गरिएको संगीतकार नरहरी प्रेमीले जानकारी दिए।
उक्त होली गीत गायक रोशन सिंहको युट्युब च्यानल रोशन सिंह मार्फत् शुक्रबार अपराहन्न दर्शक माझ आउने गीत प्रोडक्सन टिमले जानकारी दिएको छ।
Facebook Comment