हर्कपुरमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा कास्कीका युवकको मृत्यु

NAWALPUR TIMES

हर्कपुरमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा कास्कीका युवकको मृत्यु
410940456 898842581860225 1628410895543972531 n 1

कावासोती । गैंडाकोट नगरपालिकाको वडा नं १२ हर्कपुरमा हर्कपुरमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा कास्कीका २२ वर्षीय युवकको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमा ना६५प ६७८९ नं.को मोटरसाईकल र विपरित दिशा बाट जाँदै गरेको ना६ख ६०१३ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा गम्भीर घाईते भएका कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका-४ बस्ने बल बहादुर शाहीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते शाहीको दिउसो १ बजे पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology