बलि दिने बेला राँगो डोरी छिनाएर भागे पछि….

NAWALPUR TIMES

बलि दिने बेला राँगो डोरी छिनाएर भागे पछि….
394462735 646988400799993 8063063996946253488 n2023 10 22 11 24 32

कावासोती । गैंडाकोटमा महाअष्टमीको दिन बलि दिने बेला राँगो डोरी छिनाएर भागे पछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

गैंडाकोट-२ भृकुटी चोकमा आईतबार बिहान बलि दिने बेला राँगो डोरी चुडाएर भागेको थियो । राँगो भागेर भृकुटीचोकबाट उत्तरतर्फ झाडीमा पुगेपछि नियन्त्रणमा लिन चलाईएको गोलि लागे पछि मरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए ।

रन्थनिएर भागेको राँगोलाई नियन्त्रणमा लिन कठिनाइ भएपछि मानिसलाई आक्रमण गर्न सक्ने र हुनसक्ने क्षति रोक्न गोली हानी मारेको प्रहरी निरीक्षक सुनारले बताए ।

राँगोले कसैलाई घाइते भने नबानाएको प्रहरी भनाई छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology