देवचुली नगर अस्पतालका डाक्टरहरु काममा फर्किए

NAWALPUR TIMES

देवचुली नगर अस्पतालका डाक्टरहरु काममा फर्किए
download 1

देवचुली ।  देवचुली नगर अस्पतालमा डाक्टरको हडतालका कारण अबरुद्ध रहेको सेवा सहमतीपछि  सुचारु भएको छ ।

देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम श्रेष्ठले नगर अस्पतालमा कार्यरत चिकित्सकलाई बिनाकारण फोनवाट जथाभावी गालि गरेको भन्दै त्यहा कार्यरत चिकित्सकले गत शुक्रवारवाट इर्मजेन्सीबाहेकका सेवा ठप्प पारेका थिए । त्यहा कार्यरत डाक्टरहरु राजिव सापकोटा,निर्मल अधिकारी,रबिन भुसाल,प्रसान्त श्रेष्ठ र भरत यादबले एक संयुक्त बिज्ञप्ती निकालेर नगरपालिका स्वास्थ्य शाखा प्रमुखले फोनमा बिनाकारण धम्की दिएको दावी गर्दैै माफि नमागेसम्म काम नगर्ने भन्दै इर्मजेन्सी बाहेकका सेवा ठप्प पारेका थिए ।

देवचुली नगर अस्पतालका अध्यक्ष एवं नगरप्रमुख हरिप्रसाद न्यौपाने पोखराबाट फर्किए लगतै आन्दोलित डाक्टरहरुसँग बैठक बसी उनिहरुलाई काममा फर्काएका छन् । स्वास्थ्य केन्द्रमा नरहेको सेवाकालागि बाहिरको प्रयोगशालाको रिपोर्ट ल्याउनु भनेर चिकित्सकिय दायित्व पुरा गर्दा स्वास्थ्य शाखा प्रमुखले फोन गरेर धम्क्याएका कारण काम गर्ने बातावरण नभएकाले हडतालमा उत्रिन बाध्य भएको ति चिकित्सकहरुको भनाई छ ।

देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामश्रेष्ठले देवचुली नगर अस्पतालमा कार्यरत चिकित्सकले स्वाथ्य सेवा केन्द्र भित्र हुने सेवाकालागि पनि बाहिर लेखेरै पठाएको गुनासो आएपछि उनिहरुलाई सम्झाएको दावी गरे । उनले भने “मैले गालि गरेको होइन बिरामीको गुनासोका आधारमा उनिहरुलाई सम्झाएको हो । सरकारी तलब खाने चिकित्सकले स्वास्थ्य केन्द्रमा हुने सेवा त्यहिवाट लिदा राम्रो हुने र बाहिर पठाउन बाध्यपार्न नहुने भनेर सम्झाएको मात्र हो” , उनले भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology