गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा पोखरीमा डुवेर आज साँझ दुइ बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ३ तात्रीबास नजिकै सिचाँइका लागि बनाइएको पोखरीमा डुवेर २ बालकको ज्यान गएको हो ।
मृत्युहुनेमा गैँडाकोट ४ घर भएका अन्दाजी १४/१५ वर्षका प्रतिक परियार र प्रविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गर्मीछल्नका लागि पौडी खेल्न गएका बालकहरु अचानक पोखरीमा डुवेका हुन् ।
दुवैजनाको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । नवलपुर आसपासमा अत्याधिक गर्मी बढेपछि खोला तथा नदीहरुमा पौडी खेल्नजाँदा दुर्घटनाहुने क्रम बढेर गएको छ ।
प्रकाशित : २०८० असार ८ गते २१:१२
Facebook Comment