गैंडाकोटमा रक्तदान : ६५ जनाले दिए रगत

NAWALPUR TIMES

गैंडाकोटमा रक्तदान : ६५ जनाले दिए रगत
received 6229934157096263

गैंडाकोट  । पछिल्लो समय मुलुकमै रगतको चरम अभावले बिरामीलाई सकस भईरहेका बेला गैंडाकोटमा ६५ जनाले रक्तदान गरेका छन ।

मन्जुश्री फाइनान्स लिमिटेड र लायन्स क्लब अफ गैंडाकोट सिटिको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा गैंडाकोट नगरपालिका १ का वडा अध्यक्ष सुरेन्द्रराज रेग्मी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रेग्मीले देशै र रगत अभाब भएकोले अलि फरक ढंगले आफ्नो दैनिकमा आइ पर्ने चाडपर्व, बिवाहा उत्सब, जन्मदिन वा अन्य विशेष अवसरमा रक्तदान गर्न सके नियमितरूपमा रक्तदान गर्ने परिपाटीको बिकास हुने बताउदै रक्तअभावका कारण धेरैले अकालमै ज्यान गुमाउन परेको अवस्था लाई निर्मुल पार्न सकिने बताए । देशबन्धु सिक्देल, भुमिश्वर शर्मा, गोबिन्द रेग्मी, किरण सापकोटा, रामचन्द्र सुबेदी, प्रेम सापकोटा लगाएत अतिथी रहेको कार्यक्रमलाई नवलपुर रेडक्रसले प्राबिधिक सहयोग गरेको थियो ।

कार्यक्रमका अर्का विशेष अतिथी लायन एवं चिकित्सक गोबिन्द सुबेदीले चिकित्सा जगतमा जतिसुकै विकास भएपनि हालसम्म रगत कृत्रिम तरिकाले बनाउनै नमिलेको कारणले आवश्यक व्यक्तिलाई रगतनै दिनुपर्ने र त्यसका लागि रक्तदाता को आवश्यकता पर्ने बताउदै मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमितरूपमा भइरहने हुदा खेर जाने रगत नियमित रक्तदान गर्दा केही फरक पर्दैन अर्थात् कुनै हानी नहुने बताए ।

लायन्स क्लब अफ गैंडाकोट सिटि अध्यक्ष ज्ञानप्रसाद न्यौपाने कृष्णको सभापतित्वमा भएको कार्यक्रम लाई मौलाकालिका समाज केन्द्रले प्रायोजन गरेको खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ६५ जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रमलाई मन्जुश्री फाइनान्सका चितवन कलस्टर तथा गैंडाकोट शाखा प्रमुख कृष्ण सापकोटाले सहजीकरण गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology