विद्यालयमा जंक फूड निषेध, स्यानिटरी प्याडका लागि १ अर्ब ४२ करोड बजेट

NAWALPUR TIMES

विद्यालयमा जंक फूड निषेध, स्यानिटरी प्याडका लागि १ अर्ब ४२ करोड बजेट
1685360034 bajet 1200x560 1

कावासोती । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयमा जंक फूड निषेध गर्ने भएको छ ।

बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने अभियान संचालन गर्दै बालबालिकालाई विद्यालयमा ल्याउन खाजा खर्च दिएको छ । दिवा खाजा खर्च खुवाउन ८ अर्ब ४५ करोड रूपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

उनले आगामी आर्थिक वर्ष २०८०/८१ को ३२ लाख बालबालिका लाभान्वित हुने गरी दिवा खाजा दिने बताए ।

सरकारले छात्राको सेवाका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने छ । यसका लागि १ अर्ब ४२ करोड विनियोजन गरेको अर्थमन्त्री महतले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology