मौलाकाली केबलकारको औपचारिक उद्घाटन आज,प्रधानमन्त्री प्रचण्ड गैँडाकोट आउदै

NAWALPUR TIMES

मौलाकाली केबलकारको औपचारिक उद्घाटन आज,प्रधानमन्त्री प्रचण्ड गैँडाकोट आउदै
Screenshot 20230501 064345 Facebook

गैँडाकोट । नवलपुरको गैंडाकोटमा बनेको ’मौलाकाली केबलकार’ सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बिहान १० बजे केबलकार उद्घाटन गर्ने कार्यक्रम छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गते नै सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन भने भएको थिएन।

यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा  छन्। एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ। फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ।

मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ। बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको समूहका अध्यक्ष चन्द्र ढकालले बताए।

यो केबलकार १३ महिनाअघि मात्र बनाउन थालिएको थियो।यसको माथिल्लो स्टेसनमा चारतारे होटल पनि बन्दैछ। अब पाँच/छ महिनासम्म होटल पनि तयार हुने ढकाल बताउँछन्। होटलमा ६० कोठा, बैंक्वेट हल र रेस्टुरेन्ट बनाउने योजना छ।मौलाकालिका मन्दिरबाट चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न सकिन्छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology