सरकारको निर्णय विरुद्ध गैंडाकोटमा रिले अनशन सुरु

NAWALPUR TIMES

सरकारको निर्णय विरुद्ध गैंडाकोटमा रिले अनशन सुरु
received 1466481224161266

गैंडाकोट बैशाख १६ । नेपाल सरकारले भर्खरै मात्र भ्रष्टाचार विरुद्ध ५ वर्षे म्याद सहितको ऐन संसोधन गर्ने निर्णय खारेजी र अयोग्य लडाकु लाई सहायता भन्दै प्रती व्यक्ति २ लाख दिने कार्यबिधि लागू गरेको बिरोध स्वरुप गैंडाकोटका नागरिकले रिले अनशन सुरु गरेका छन ।

गैंडाकोटको काङ्ग्रेस चोकमा सुरुवात भएको रिले अनशनमा सर्वसाधारण नागरिक, बुद्दिजीवि तथा सामाजिक अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । ‘

भ्रष्टाचार र सरकारको पछिल्लो रबैयाका विरुद्ध रिले अनशन सुरु गर्नु परेको बताउदै रिले अनशन अभियानका संयोजक गोकुल सापकोटाले भ्रष्टचार सम्बन्धी कडा कानुन निर्माण गरी सशक्त रुपमा जारी गर्नुपर्नेमा भ्रष्टाचारीलाई उल्टो प्रशय दिने बिधेयक र राष्ट्रको ढुकुटीबाट अयोग्य लडाकु लाई रकम दिने निर्णयविरुद्ध गैंडाकोटवासी पछि नहट्ने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता राजेश पौडेल,बद्री सापकोटा सहित संघसंस्थाको प्रतिनिधि एवम सरोकारवाला नागरिकको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology