रवि लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत १९ गते १९:३७
रवि लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ ।

राहादानी दुरुपयोग मुद्दामा लामिछानेमाथि मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय खारेजी गर्दै उनीमाथि मुद्दा चलाउनुपर्ने मागसहित अधिवक्ता युवराज सफलले निवेदन दिएका हुन्।

अहिले निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ । अहिले अध्ययन गर्छौं, एक दुई दिनपछि तपाईं सम्पर्क गर्नुहोला भनेर सर्वोच्च प्रशासनले भनेको छ,सफलले भने । उनले महान्यायाधिवक्तासहित विभिन्न निकायलाई समेत विपक्षी बनाएका छन् ।

प्रकाशित : २०७९ चैत १९ गते १९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI