गैँडाको आक्रमणबाट महिलाको मृत्युु

NAWALPUR TIMES

गैँडाको आक्रमणबाट महिलाको मृत्युु

कावासोती : पुर्वी नवलपरासीको देवचुलीमा गैंडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न हिडेकि देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीय दरिमा थापा मगरलाई दिउँसो २ बजेतिर आक्रमण गरेको देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए । अध्यक्ष घर्तीका अनुसार थापालाई पृथ्वीनगर खेलमैदान नजिकै रहेको घाँसे मैदानमा घाँस काटन जाने क्रममा गैंडाको आक्रमण गरेको थियो।

गैँडाको आक्रमणबाट घाईते भएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको देवचुली १० का अध्यक्ष मगरले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology