सरकार छाड्ने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता

NAWALPUR TIMES

सरकार छाड्ने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता
CPN UML

काठमाडौं : नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको जानकारी दिए । ‘सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा विनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर अभिव्यक्तिका कारण यो सरकारमा बसिरहनु उचित हुने हामीले देखेनौं’, उनले पत्रकारसँग भने ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology