रास्वपाले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने

NAWALPUR TIMES

रास्वपाले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने
rabi lamichane

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्णयअनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरेको छ । माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरुको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्णयअनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरेको छ । माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरुको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको छ ।

माघ १४ गते प्रदेश–१ को विराटनगरमा माघ १४ गते, मधेस प्रदेशको जनकपुरमा माघ १६ गते, वाग्मती प्रदेशको मकवानपुरमा माघ १८ गते, गण्डकी प्रदेशको पोखरामा माघ २१ गते, लुम्बिनी प्रदेशको दाङमा माघ २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ २८ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ २६ गते प्रदेश समतिहरु पुनर्गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, रास्वपाले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल र केन्द्रीय लेखा आयोगको प्रमुखमा अभिषेक घिमिरेलाई नियुक्त गरेको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिको प्रमुखमा डा. भरतमणि देवकोटा र सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने रहेका छन् ।

विवाद समाधान समितिको प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समितिको प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा नियुक्त भएका छन् ।

नीति तथा विचार विभागको प्रमुखमा डा. मुकुल ढकाल, अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा विपिनकुमार आचार्य, मानवीय विकास प्रवद्र्घन विभाग प्रमुखमा कुशुम महर्जन, प्रशिक्षण विभाग प्रमुखमा डा मुकुल ढकाल, संगठन विभाग प्रमुखमा कविन्द्र बुर्लाकोटी, उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ र सचिवमा शंकर श्रेष्ठ नियुक्त भएका छन् ।

उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा डा अरनिको पाँडे, केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिन कुमार आचार्य नियुक्त भएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology