कावासोती । कोभिड महामारी, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रुस युक्रने युद्धलाई देखाएर दैनिक उपयोग्य वस्तुमा दैनिक जसो महँगी बढिरहेको छ । महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल छ । तर, महँगी नियन्त्रणमा कसैले चासो देखाएका छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि यस वर्ष ८ प्रतिशत भन्दा बढी महँगी पुगेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत थियो । उपभोक्ता भने यो तथ्यांक भन्दा बजारमा धेरै गुणाले महँगी बढेको दावी गर्छन् । राष्ट्र बैंकका अनुसार यो बेला खाद्य तथा पेय पदार्थ समूहको महँगी ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ८.६३ प्रतिशत छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दूग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशत मूल्य बढेको छ । आजको कारोबार दैनिकबाट
प्रकाशित : २०७९ पुष १८ गते ८:२८
Facebook Comment