बैंकहरुले ब्याजदर बढाएपछि नवलपुरका व्यवसायीहरु आन्दोलित

NAWALPUR TIMES

बैंकहरुले ब्याजदर बढाएपछि नवलपुरका व्यवसायीहरु आन्दोलित
ncci 1 1024x577 1

कावासोती । बैंकहरुले ब्याजदर बढाएपछि नवलपुरका व्यवसायीहरु आन्दोलित भएका छन् । मुलुकमा पछिल्लो समय चुलिदै गएको आर्थिक संकटका बीच भरथेग गरेरै भएपनि मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झनै समस्याग्रस्त बनाउने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देश– २०७९ र त्यही मार्गनिर्देशनको आडमा आर्थिक मन्दीको अवसर छोपेर निजी क्षेत्रलाई तहसनहस बनाउन बैंकहरुले ब्याज दर बढाएको भन्दैै नवलपुर उद्योग वाणिज्य संघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषँणा गरेको हो ।

पहिलो चरणको आन्दोलन अन्र्तगत नवलपुर जिल्ला भित्र रहेका उद्योग बाणिज्य संघद्धारा सयुक्त रुपमा प्रथम चरणको आन्दोलन स्वरुप प्रधानमन्त्री, अर्थमन्त्री, गर्भनर, मुख्यमन्त्रीलाई ध्यान आर्कषण पत्र बुझाएको थियो । पहिलो चरणको आन्दोलनको कुनै पनी सुनुवाई नभएको भन्दै संघले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषँणा गरेको हो ।

पत्रकार सम्मेलनमा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले कोभिड – १९ को विश्वव्यापी महामारीका कारण सिंगो राज्य नै आर्थिक मन्दीको संघारमा रहेको अवस्थामा अर्थतन्त्रलाई पूनः चलायमान बनाउन महत्वपूर्ण योगदान दिएका निजी क्षेत्रमा भएको ऋण लगानिको ब्याज मनपरी ढङ्गले महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क जोडी आर्थिक भार थप्ने, व्याज किस्ताको लागि तारन्तार मानसिक दवाव दिने जस्ता कार्यले सिंगो निजी क्षेत्रनैं हतोत्साही भएको बताउदै कर्जामा भएको ब्याज दर अविलम्ब एकल अंक हुनेगरी घटाउन, व्यवसायीहरुलाई मानसीक तनाव दिने प्रवृतिको अन्त्य गर्न, व्याज तिर्ने समय सिमा बढाउन, विभिन्न शिर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी र मनासिब बनाउन कर्जाको ब्याज दर पुनः संरचना गर्न बैंक तथा वित्तीय संथाले अगाडि बढाएका धितो लिलामीका प्रकृयाहरु तत्काल रोक्न, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न सरकार र बैक तथा वित्तिय संस्थाहरुको ध्यानाकर्षण गराउनु भएको छ ।

नवलपुर उद्योग वाणिज्य संघले घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम गैडाकोट उद्योग वाणिज्य संघका सचिब सुरेन्द्र तिवारी मध्यविन्दु उद्योग बाणिज्य संघका अध्यक्ष केदार पराजुलीले पत्रकार सम्मेलनबाटै सहकार्य रहने बताउनु भएको छ ।

संघले पत्रकार सम्मेलन मार्फत उद्योगका लागि ब्याजदर एक अंकमा बढी नहुन गरी तथा व्यापारमा १–२ प्रतिशत मात्र थप गरी लिन पाईने गरी लगानी योग्य पूँजीको शिघ्र व्यवस्थापन, बैंकहरुको खर्च न्यून गरी स्पेड दर ३ प्रतिसत भित्र रही जोखिमका आधारमा आधार दरमा बढिमा २ प्रतिसत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था, बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल. सी. नेगोसियसन शुल्कमा दोब्बर बृद्धिलाई अन्त गरी गत वर्षको भन्द बढी लिन नपाईने , हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पूर्ण तालिकिकरण गरी, व्याज बुझाउने म्याद ३५ दिन सम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रकृयालाई हाल स्थगित गर्न र हालको वाह्य र आन्तरिक कारणको असहज समय उपयुक्त नभएकोले चालु पुँजी कर्जा निर्देशिका स्थगितको माग राखेको छ ।

मंगलबार घोषँणा गरिएको दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरुमा बैंक तथा वित्तिय संस्थामा ज्ञापन पत्र बुझाउने, कालो पट्टी बाँध्ने, धर्ना, जुलुस गर्ने, हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री, अर्थमन्त्री गर्भनरलाई पठाइने कार्यक्रम रहेको महासचिव सागर पोख्रेलले बताउनु भयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology