विकासका लागि राजनीतिमा आएको हुँः विनोद चौधरी

NAWALPUR TIMES

विकासका लागि राजनीतिमा आएको हुँः विनोद चौधरी
binod hCkit7TGoO

कावासोती । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विकासका लागि राजनीतिमा आएको बताएका छन् । चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिव्रता दिँदै आएका उनले यस्तो बताएका हुन् ।

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले विकासका लागि आफ्नो जित आवश्यक रहेको पनि बताए ।

चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए । उनले मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको दाबी गरे ।  काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology