देवचुलीमा मानव कंकाल भेटियो

NAWALPUR TIMES

देवचुलीमा मानव कंकाल भेटियो
kankal2022 09 29 10 20 37

नवलपुर । देवचुली नगरपालिका- १० को जंगलमा मानव कंकाल भेटिएको छ। गाउँदेखि केही परको जंगलमा पुरुषको जस्तो देखिने मानव कंकाल फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार देवचुली नगरपालिका वडा नं. १० नजिकैको जंगलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएको हो।

उक्त मानव कंकाल पुरुषको जस्तो देखिएको र थप अनुसन्धानका लागि शव मध्यबिन्दु जिल्ला अस्पताल ल्याइएको तिवारीले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology