३ वर्षमा १८ प्रतिशत मात्रै काम गरेको चाईना कम्पनीलाई थप १ वर्ष म्याद थप्ने तयारी

NAWALPUR TIMES

३ वर्षमा १८ प्रतिशत मात्रै काम गरेको चाईना कम्पनीलाई थप १ वर्ष म्याद थप्ने तयारी
1629731146869

नवलपुर । बुटवल नारायणघाट सडक निर्माणको जिम्मा पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनलाई निर्माणको काम सप्पन्न गर्न थप १ वर्ष म्याद थप्ने तयारी गरिएको छ ।

२०७९ साउन २२ गते भित्र काम सम्पन्न गर्ने गरि २०७५ मा ठेक्का पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले मात्रै १८ प्रतिशत काम गर्दा आयोजनाको म्याद सकिए पछि थप एक वर्ष म्याद थप्ने तयारी गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग रायमाझीले बताए ।

नवलपुर टाईम्स सँगको कुराकानीमा महानिर्देशक रायमाझीले ठेकेदार कम्पनीका ८ जना उच्च अधिकारीहरुबाट एक वर्ष भित्र काम सक्ने लिखित प्रतिबद्धता आएकाले म्याद थप गर्न लागिएको बताए ।

“अब ठेक्का तोडेर अर्को कम्पनी ल्याउदा झनै काम ढिलो हुन्छ, ठेकेदार कम्पनीबाट उच्च स्तरीय टोलि आएर लिखित प्रतिबद्धता जनाउनु भएको छ, दुई दुई महिनामा कामको मनिटरिङ गर्ने गरि म्याद थपको प्रक्रिया अगाडि बढाईएको छ”, रायमाझीले भने ।

चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनसँग गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology