प्रधानमन्त्री पुत्रलाई पोस्न स्यानेटरी प्याडमा छुट

NAWALPUR TIMES

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुग्नेगरी स्यानेटरी प्याड आयातमा भन्सार छुट दिएको आशंका गरिएको छ। जयवीरसिंह प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन्।

जयवीरले स्थापना गरेको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङले विभिन्न सामान आयात र बिक्रीवितरण गर्दै आएको छ। यो कम्पनीले अहिले भन्सार छुट सुविधा पाएको स्यानेटरी प्याडको आयात पनि गर्दै आएको बताइएको छ। बजेटमा छुट सुविधाको व्यवस्था गरेपछि यो कम्पनीले अहिले विभिन्न मुलुकबाट ठुलो परिमाणमा प्याड आयात गर्ने तयारी गरेको पनि बताइएको छ।

पूर्वअर्थमन्त्री शर्माले गत जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेटमा स्यानेटरी प्याड आयातमा लाग्दै आएको भन्सार शुल्कको ९० प्रतिशत छुट दिएका थिए। अर्कातिर प्याड उत्पादन गर्ने स्वदेशी कम्पनीले ल्याउने कच्चा पदार्थको भन्सार उल्टै बढाएका थिए। आयातमा भन्सार महसुल छुट दिने र आन्तरिक उत्पादनको कच्चा पदार्थ आयातमा महसुल वृद्धि गर्ने नीतिले आयातित व्यापारमा संलग्न व्यवसायीलाई दोहोरो फाइदा पुगेको छ। प्रधानमन्त्री पुत्र जयवीरको कम्पनीले पनि यही नीतिका कारण राम्रो मुनाफा पाउने निश्चित छ। याे खबर नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology