अखिल क्रान्तिकारी हात हालाहाल प्रकरण : नारायणकाजी निकट उपाध्यक्षसहित नौ जना निलम्बनमा

NAWALPUR TIMES

अखिल क्रान्तिकारी हात हालाहाल प्रकरण : नारायणकाजी निकट उपाध्यक्षसहित नौ जना निलम्बनमा
aakhil

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित नौ जनालाई निलम्बन गरिएको छ । आइतबार बैठकमै हात हालाहाल भएपछि बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो ।

निम्बन गरिएकाहरूमाथि संगठनविरोधी गतिविधि गरेका कारण अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले जानकारी दिए । अखिल क्रान्तिकारीको आइतबारको बैठकमा हात हालाहाल भएको थियो ।

तीनकुनेस्थित एक पार्टी प्यालेसमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो । बैठकमै हो–हल्लसहित हातहालाहा सुरु भएपछि कार्कीसहितलाई प्रहरीले बाहिर निकालेका थियो ।

कार्की सहितका नेताहरूलाई बाहिर निकालेपछि सुरु भएको क्रान्तिकारीको बैठकले कार्कीसहितलाई कारवाहीसहित क्रान्तिकारीको सदस्यता १२ लाख पुर्‍याउने निर्णय गरेको थियो ।कार्कीसहित कारबाहीमा परेका अधिका‌ंश नारायणकाजी श्रेष्ठनिकट हुन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology