डिम्याट खोल्नेको सङ्ख्या ५१ लाख ५० हजार, शेयर कारोबारीबाट ११ अर्ब रुपैयाँभन्दा धेरै सङ्कलन

NAWALPUR TIMES

डिम्याट खोल्नेको सङ्ख्या ५१ लाख ५० हजार, शेयर कारोबारीबाट ११ अर्ब रुपैयाँभन्दा धेरै सङ्कलन
Mero share demat account techpana

काठमाण्डाै – शेयर कारोबारका लागि खोलिने हितग्राही खाता अर्थात् डिम्याट खोल्नेको सङ्ख्या ५१ लाख नाघेको छ ।

नेपाल धितोपत्र बोर्डले वार्षिक उत्सवको अवसरमा आज बुधवार दिएको जानकारीअनुसार जेठको १७ गतेसम्म ५१ लाख ५० हजार जनाले डिम्याट खाता खोलेका छन् । यस्तै वैशाख मसान्तसम्ममा मेरो शेयर खाता खोल्नेको सङ्ख्या ४२ लाख ६४ हजार तथा शेयर कारोबारका लागि अनलाइन सेवा लिनेको सङ्ख्या १४ लाख ३९ हजार जना पुगेको छ ।

यसैबीच चालु आर्थिक वर्षमा शेयर कारोबारबाट सरकारले ११ अर्ब रुपैयाँभन्दा धेरै पुँजीगत लाभकर असुल गरेको छ । धितोपत्र बोर्डका अनुसार जेठ १७ गतेसम्म सरकारले ११ अर्ब तीन करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन गरेको  हो । सरकारले दोस्रो बजारको शेयर कारोबारमा समयका आधारमा साढे सात प्रतिशत र पाँच प्रतिशत लाभकर लिने गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology