एमालेसँग तालमेल गरेर पनि गोविन्दराजले छोरा जिताउन सकेनन्

NAWALPUR TIMES

एमालेसँग तालमेल गरेर पनि गोविन्दराजले छोरा जिताउन सकेनन्
Dipakraj joshi 872Px5IciB

कांग्रेसलाई ‘साइज’ मा ल्याउने रणनीतिका साथ छोरालाई मेयर उम्मेदवार बनाएर चुनावी मैदानमा खडा गरेका पूर्वमन्त्री गोविन्दराज जोशी आफ्नो पक्षमा नतिजा ल्याउन असफल बनेका छन् । अघिल्लो निर्वाचनमा अन्तरघात गरेको आरोपमा पार्टीबाट निष्काशनमा परेका उनले यो स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा  दीपकराज जोशीलाई मेयरको रुपमा अघि सारेका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका जोशी काँग्रेसका उम्मेदवारसँग पराजित भएका छन् । व्यासको मेयरमा काँग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका हुन् । पराजित स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत  सो नगरपालिकाको उपप्रमुख पदमा  काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन् ।

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।
व्यासमा गोविन्दराज जोशी समूह र एमालेबीच तालमेल भएको थियो । तालमेलका बीच पनि कुनैबेला काँग्रेसका प्रभावशाली जोशी चुनावमा असफल बनेका हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology