पार्टी पराजयको जिम्मेवारी लिदै रानाद्वारा नगर सचिवबाट राजिनामा

NAWALPUR TIMES

पार्टी पराजयको जिम्मेवारी लिदै रानाद्वारा नगर सचिवबाट राजिनामा
IMG 20220521 185036

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाका नेपाली काँग्रेसका नगर सचिब सभापति विनोद रानामगरले नगर सचिब पदबाट पदबाट राजीनामा दिएका छ्न । स्थानीय तहको निर्वाचन २०७९ मा कावासोती  नगरपालिकामा नेपाली काँग्रेसले अनेपक्षित हार बेहोरेकाले प्राप्त निर्वाचन परिणामको नैतिकता आधारमा जिम्मेवारी लिदै नगर सचिब पदबाट राजीनामा दिएको रानाले बताए ।

रानाले राजीनामा पत्र सामाजिक संजाल फेसबुक बाट सार्वजनिक गर्दै नगर सभापतिलाई पनि बुझाउने बताए । कावासोती नगरपालिकामा नेपाली काँग्रेसको नेतृत्व स्थापित गर्न अहोरात्र खटिए पनि निर्वाचनको मत परिणाम आँफूहरुले सोचेभन्दा फरक आएकोमा रानाले दुःख व्यक्त गर्दै कावासोती नगरपालिकाका काँग्रेसजनहरुलाई नैतिकताले आफू पदमा रहन नसक्ने भन्दै राजीनामा दिएको जानकारी गराएका छ्न । नगर सचिब समेत रहेका राना आफू कावासोती-१३ को वडा अध्यक्षमा पराजित भएका छ्न ।

अघिल्लो निर्वाचनमा ८ वटा वडा जितेको कांग्रेस कावासोतीमा यस पटक ४ वटा वडामा सिमित भएको छ भने नगर प्रमुख र उपप्रमुखमा समेत हार व्यवहोरेको छ ।

रानाले राजनीतिमा नैतिकताको प्रश्न प्रमुख हुने भएकाले सोही परिधिभित्र रहेर स्वेच्छिक रुपमा राजीनामा दिएको बताएका हुन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology