६३८ स्थानीय तहको मत परिणाम आउँदा कांग्रेस एमालेभन्दा १०५ स्थान अगाडि

NAWALPUR TIMES

६३८ स्थानीय तहको मत परिणाम आउँदा कांग्रेस एमालेभन्दा १०५ स्थान अगाडि
Party Rukh Kalam Hasiaya Surya UML NC1652917926

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत ७४६ स्थानीय तहमा मतगणना भएकोमा ९० प्रतिशत बढी परिणाम सार्वजनिक भएको छ । जसअनुसार कांग्रेसले २८३ स्थानीय तह जितेको छ ।

एमालेले कांग्रेसभन्दा १०५ स्थानीय तह कम जितेको छ । एमालेले जितेका पालिकाको संख्या अहिलेसम्म १७८ पुगेको छ । यस्तै माओवादी केन्द्रले अहिलेसम्म १११ स्थानीय तह जितेको छ जुन एमालेको भन्दा ६७ कम हो ।

यस्तै, जनता समाजवादी पार्टी २० स्थानीय तह जितेर चौथो स्थानमा छ भने १४ स्थानीय तह जितेर नेकपा एकीकृत समाजवादी पाँचौं स्थानमा छ । लोकतान्त्रिक समाजवादी पार्टी भने ७ स्थानीय तह जितेर छैटौं भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology