गैंडाकोटमा कांग्रेस विजयी

NAWALPUR TIMES

गैंडाकोटमा कांग्रेस विजयी
442db7b500c2126caad874d15d02322953ea87ccebbde8af2d31d6d128019433.0

गैँडाकोट । गैँडाकोटमा नगरप्रमुख पद र उपप्रमुख पद सहित ११ वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका मदनभक्त अधिकारी २८४९ मत अन्तरले विजयी हुनुभएको छ । अधिकारीले १६ हजार ४ सय ५५ मत प्राप्त गर्नुभयो भने एमालेका नगरप्रमुख पदका उम्मेद्वार छत्रराज पौडेलले १३ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुख पदमा नेपाली काँग्रेसकी शान्ति कोइराला विजयी हुनुभएको छ । कोइराला ७ हजार ४ सय ७४ मत अन्तरले विजयी हुनुभएको छ । कोइरालाले १६ हजार १ सय १४ मत प्राप्त गर्नुभयो भने ।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गठबन्धनका उम्मेद्वार तुलाराम पौडेलले ८ हजार ६ सय ४० मत प्राप्त गर्नुभयो । गैँडाकोट १ मा नेपाली काँग्रेसका सुरेन्द्र रेग्मी, गैँडाकोट २ मा नेपाली काँग्रेसका प्रकाश सापकोटा, गैँडाकोट ३ मा नेपाली काँग्रेसका शिवकान्त तिवारी, गैँडाकोट ४ मा नेपाली काँग्रेसका तेजप्रसाद घिमिरे, गैँडाकोट ५ मा नेपाली काँग्रेसका रत्नप्रसाद सापकोटा, गैँडाकोट ६ मा नेकपा एमालेका सुभाष चापागाईं, गैँडाकोट ७ मा नेपाली काँग्रेसका होमनाथ सापकोटा, गैँडाकोट ८ मा नेपाली काँग्रेसका प्रेम सापकोटा, गैँडाकोट ९ मा नेपाली काँग्रेसका धामनाथ सापकोटा, गैँडाकोट १० मा नेकपा एमालेका देवीदत्त कंडेल, गैँडाकोट ११ मा नेकपा एमालेका गोविन्द सुवेदी, गैँडाकोट १२ मा नेकपा एमालेका चक्र कंडेल, गैँडाकोट १३ मा नेकपा एमालेका मधुकर मल्ल, गैँडाकोट १४ मा नेकपा एमालेका कोकीसरा रानामगर, गैँडकोट १५ मा नेपाली काँग्रेसका प्रेम तिमिल्सेना, गैँडाकोट १६ मा नेपाली काँग्रेसका विनोद मल्ल, गैँडाकोट १७ मा नेकपा माओवादी केन्द्रका गोपि कंडेल, गैँडाकोट १८ मा नेपाली काँग्रेसका तिलबहादुर चितौरे वडा अध्यक्षमा विजयी हुनुभएको छ । यस अघि स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेका वडा मध्ये गैँडाकोट ६ र १२ नेकपा एमालेले जितेको छ ।

यस अघि नेकपा एमालेले जितेका वडा मध्ये गैँडाकोट २, ५ र ९ नेपाली काँग्रेसले जितेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेको गैँडाकोट १७ यस पटक नेकपा माओवादी केन्द्रले जित्न सफल भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology