गैंडाकोट–१ मा कांग्रेसका सुरेन्द्र रेग्मी निर्वाचित

NAWALPUR TIMES

गैंडाकोट–१ मा  कांग्रेसका सुरेन्द्र रेग्मी निर्वाचित
552260c8a7315c2f1378cb4cd6ebf648fd1fbf5b65b931da1c58d9ce38329e06.0

गैंडाकोट । गैँडाकोट १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका सुरेन्द्र रेग्मी विजयी हुनुभएको छ । रेग्मीले ४४ मतले विजयी हासिल गरेका छन् । नेकपा एमालेका उम्मेद्वार ध्रुव अधिकारीले १४३१ मत प्राप्त गर्नुभएको थियो भने सुरेन्द्र रेग्मीले १४७२ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा सिता सापकोटा विजयी हुनुभएको छ । उहाँले १५२७ मत प्राप्त गर्नुभएको छ । यसैगरी उहाँको प्रतिद्धन्दी सिता लम्सालले १२६२ मत ल्याउनुभएको छ ।

दलित सदस्यमा काँग्रेसकी उम्मेद्वार प्रेमकुमारी विक, खुला सदस्यमा काँग्रेसका लक्ष्मी चालिसे र राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेद्वार चेलीमाया सारुमगर विजयी हुनुभएको छ । मगरले सूर्य चिन्हमानै निर्वाचनमा होमिनुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology