गैँडाकोटमा कृषिको बजारिकरणका लागि कृषि एम्बुलेन्सको व्यवस्था हुनेछ – मदनभक्त अधिकारी

NAWALPUR TIMES

गैँडाकोटमा कृषिको बजारिकरणका लागि कृषि एम्बुलेन्सको व्यवस्था हुनेछ – मदनभक्त अधिकारी
278937511 117880347566923 4072523644264492207 n

गैँडाकोट । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु आफ्ना चुनावी एजेण्डा बोकेर घरदैलौमा पुग्न थालेका छन् । नेपाली काँग्रेसका नेता मदनभक्त अधिकारीले नगरप्रमुख पदमा उम्मेद्वारी दिएपछि चुनावी घरदैलोमा हिंड्न थाल्नुभएको छ ।

बिहीबार विहान नेपाली काँग्रेस गैँडाकोट ७ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेता अधिकारीले भन्नुभयो “गँैडाकोटका धेरै क्षेत्र कृषिका लागि योग्य क्षेत्र छन्, त्यस्ता क्षेत्रमा कृषकलाई व्यवासायिक योजनाका साथै उत्पादीत सामाग्रीको बजारिकरणका लागि कृषि एम्बुलेन्सका ब्यवस्था गर्ने छु ।” अधिकारीले कृषिका लागि महत्वपूर्ण योजनाहरु अघि सार्ने बताउनुभएको छ । कार्यक्रममा उपस्थिति उपप्रमुख पदका उम्मेदवार शान्ति कोइरालाले नगरको समुन्नत विकासका लागि महिला मैत्री साना र मझौला कृषि यन्त्रको वितरण गर्दै कृषिको व्यवसायिकरणमा जोड दिने बताउनुभएको छ । गैँडाकोट ७ का वडा अध्यक्षका उम्मेदवार होमनाथ सापकोटाले वडाको समृद्धि र समुचित बिकासका लागि सबैको सहयोगमा गुरुयोजना निर्माण गरेर मात्र अघि बढ्ने बताउनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस गैँडाकोटका नेता तथा कार्यकर्ताका साथै वडा सदस्यका उम्मेद्वारहरु तारा त्रिपाठी, धनबहादुर कुमाल, इश्वरी जिसि र छलिमाया परियार लगायतको उपस्थिति रहेको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology