घोषणा पत्रका लागि काँग्रेस गैँडाकोटद्वारा नगरवासी समक्ष सुझाव संकलन आह्वान

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख २ गते १०:२१
घोषणा पत्रका लागि  काँग्रेस गैँडाकोटद्वारा नगरवासी समक्ष सुझाव संकलन आह्वान
278383345 361236219270315 2694147211031302960 n

गैँडाकोट । स्थानीय तह निर्वाचनको लागि तयार गर्न लागिएको घोषणापत्रमा समावेश गनुपर्ने विषयलाई लिएर नेपाली काँग्रेस गैँडाकोटले नगरवासी समक्ष सुझाव संकलन सुरु गरेको छ ।स्थानीय जनभावनाको प्रतिनिधीत्व गर्दै नगरको विकासका सन्दर्भमा गनुपर्ने कामहरु लगायतका विषयमा आजदेखि बैशाख ५ गतेसम्म सुझाव संकलन आह्वान गरिएको नेपाली काँग्रेस गैँडाकोटले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र तयारी सम्बन्धमा आज आयोजित पत्रकार सम्मलेनमा नगरसभापति बद्रि सापकोटाले नगरवासीले दिएको सुझावलाई नेपाली काँग्रेसले घोषणापत्रमा समट्ने बताउनुभयो । नगर सचिव कृष्णमुरारी खनालको संयोजकत्वमा घोषणापत्र तयारी समिती तयार गरिएको भन्दै सबैको भावना समेट्ने गरि काँग्रेसले घोषणपत्र जनतामाझ ल्याउने उहाँको भनाई छ ।

नगरवासीको राय सल्लाह र सुझाव संकलनका लागि नेपाली काँग्रेसले नगर पार्टी कार्यालय विपी स्मृति भवनमा सुझाव पेटिका राखेको छ भने नगरका सबै माध्यामिक विद्यालय र क्याम्पस परिसर तथा नगरपालिका कार्यालय बाहिर समेत सुझाव पेटिका राखेको छ । त्यसैगरी नगरभित्रका सबै वडा सभापतिहरु मर्फत लिखित वा मौखिक रुपमा समेत सुझाव दिन काँग्रेसले आग्रह गरको छ ।

यसैगरी नेपाली काग्रेस गैँडाकोटको ईमेल ठेगना nepalicongress380 @gmail.com  मार्फत पनि सुझाव दिन सकिने व्यवस्था मिलाइएको काँग्रेस गैँडाकोटले जनाएको छ ।गैँडाकोटका १८ वटै वडामा वडाअध्यक्ष बन्न चाहनेहरुको संख्या ठुलो रहेको भन्दै नगरसभापति सापकोटाले पार्टिले केहिदिनमै त्यसको टुंगो लगाउने बताउनुभयो । गठबन्धनसँग छलफल चलिरहेको भन्दै मतभारका आधारमा उमेदवारहरुको छिनोफानो गर्ने उहाँको भनाई छ ।

नगर सभापति बद्रि सापकाेटकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नगर उपसभापति राेशनभक्त अधिकारी, सचिवहरु गोविन्द घिमिरे,कृष्ण मुरारी खनाल, काँग्रेस नेता ,मदनभक्त अधिकारी,  खेमराज सापकाेटा, तेजप्रसाद घिमिरे, संगिता घिमिरे काफ्ले लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित : २०७९ वैशाख २ गते १०:२१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI