गैंडाकोटमा एमालेबाट नगरप्रमुखमा वर्तमान नगरप्रमुख पौडेल सहित ६ जनाको दाबी

NAWALPUR TIMES

गैंडाकोटमा एमालेबाट नगरप्रमुखमा वर्तमान नगरप्रमुख पौडेल सहित ६ जनाको दाबी
2020 07 16 Gaidakot nag1

नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गैंडाकोट नगरपालिकामा नेकपा एमाले बाट नगरप्रमुखमा वर्तमान नगरप्रमुख छत्रराज पौडेल सहित ६ जनाले दाबी गरेका छ्न ।

मेयरमा दावी गर्नेमा छत्रराज पौडेल,  षडानन्द लामिछाने, यमुनाथ आचार्य, , गोपाल प्रसाद गौतम, रामुकान्त अर्याल, श्रीराम सुवेदी रहेको नगर कमिटीअध्यक्ष षडानन्द लामिछानेले  जानकारी दिए ।

यस्तै नगर उपप्रमुखमा ४ जनाले दावी गरेका छन् । उपप्रमुखको आकांक्षीमा चेतना अर्याल, छविकला पाण्डे, गिता तिवारी र यदुनाथ सिग्देलले रहेका हुन् ।

मंगलबार बसेको नगर कमिटिको बिस्तारित भेलामा  उम्मेद्धावारका आकांक्षीको नाम संकलन गरेको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology