धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन गर्न ६ कम्पनी छनोट

NAWALPUR TIMES

धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन गर्न ६ कम्पनी छनोट
phalam

नवलपुर । धौवादी फलाम खानीको वृहत् सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न ६ वटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट भएका छन् । ६ कम्पनीमध्ये दुई चिनियाँ र एउटा भारतीय कम्पनी छन् ।

चीनका क्यापिटल इन्जिनियरिङ एन्ड रिसर्च इनकर्पोरेसन र एमइपिसी नामका कम्पनी छन् । भारतको कोलकातास्थित दस्तुर-एसआरके-जादे जेभी कम्पनी छनोटमा परेको छ । अस्ट्रियाको होर्स्ट विसिंगर कन्सल्टिङ जिएमबिएच जेभी, बेलायतको जिबिएम मिनेरल्स र क्यानडाको माइकन इन्टरेन्सनल-इआरएमसी जेभी छन् ।
एक महिनाभित्र उनीहरूले रिक्वेस्ट फर प्रपोजल (आरओएफ) बुझाउनुपर्ने हु्न्छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिकाको नाम्जाकोटदेखि धौवादीसम्म करिब १६० वर्ग किलोमिटर क्षेत्रमा फलाम खानी रहेको अध्ययनले देखाएको छ । १० किलोमिटर लम्बाइ, २५ देखि ३० मिटर मोटाइ भएको फलाम खानीको भण्डारमा १० करोड टन फलाम रहेको अनुमान गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology