२९ वटा डमरुलाई जन्माएकी “सुपर मम” बघिनिको मृत्यु

NAWALPUR TIMES

२९ वटा डमरुलाई जन्माएकी “सुपर मम” बघिनिको मृत्यु
1642403800538

एजेन्सी । भारतको मध्य प्रदेशको सिवनीस्थित टाइगर रिजर्वको सान मानिएकी बघिनीको शनिबार मृत्यु भएको छ। वृद्धावस्थाका कारण कलरवाली नामले चिनिने बघिनीको  मृत्यु भएको हो। १७ वर्षकी बघिनीलाई सुपर ममका नामले पनि चिनिन्थ्यो। बघिनीले आफ्नो जीवनकालमा २९ डमरुको जन्म दिएकी थिई।

सन् २००८ देखि २०१८ सम्म कलरवालीले आठपटकमा २९ डमरु जन्माएकी थिई। बघिनीको अन्तिम संस्कारमा स्थानीय मानिस पनि सहभागी भएका थिए। अन्तिम बिदाइमा फूलमालासहित स्थानीय पार्कमा पुगेका थिए। पार्कमा १४ जनवरीसम्म पुग्ने पर्यटकले कलरवालीलाई देखेका थिए।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले पनि ‘सुपर टाइग्रेस मम’ प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। कलरवाली बघिनीले मे २००८ मा पहिलोपटक तीन डमरुको जन्म दिएकी थिई, अक्टोबर २००८ मा चार, अक्टोबर २०१० मा पाँच, मे २०१२ मा तीन, अक्टोबर २०१३ मा तीन, अप्रिल २०१५ मा चार,  २०१७ मा तीन र डिसेम्बर २०१८ मा चार डमरु जन्माएकी थिई।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology