अमरापुरी खानेपानीमा कांग्रेस नेतृत्वको प्यानल विजयी

NAWALPUR TIMES

अमरापुरी खानेपानीमा कांग्रेस नेतृत्वको प्यानल विजयी
256475155 1108782473261882 7593285519259519931 n

नवलपुर । अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमितिमा काँग्रेस नेतृत्व गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । नेपाली कांग्रेसका मनहरी सापकोटाले नेतृत्व गरेको प्यानलका सिङगो टिमनै निर्वाचनमा विजयी भएको हो ।

आईतबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा मनहरी सापकोटा विजय भएका छन । सापकोटाले ४ सय २६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी गोपी कंडेलले ४ सय १८ मत प्राप्त गरेका छन भने अध्यक्षकै अर्की उम्मेदवार भने लालमाया गुरुङले २ सय १३ मत पाएकी हुन ।

उपाध्यक्षमा सापकोटा प्यानलकै गंगादेवी सुवेदी विजयी भएकी छिन । सुवेदीले ५ सय ९ मत ल्याउदा प्रतिद्वन्दि बिष्णुकुमारी पोख्रेलले २ सय ९९ मत र कुन्तादेवी शर्मा पौडेलले २ सय ६० मत प्राप्त गरेका छन ।

सचिवमा सापकोटा प्यानलकै हिरालाल सापकोटाले ५ सय २६ मत प्राप्त गर्दै विजयी भएका छन । उहाँका प्रतिद्वन्दि श्यामबहादुर क्षेत्रीले ३ सय ८२ मत प्राप्त गरेका छन ।

कोषाध्यक्षमा सापकोटा प्यानलकै कमला गुरुङ,सह सचिवमा रमा पाण्डे, जनजाती महिला सदस्यमा चुनमाया गुरुङ, दलित महिला सदस्यमा मुना वि.क, वडा सदस्यतर्फ वडा नम्बर १४ बाट बलराम सापकोटा, वडा नम्बर १५ बाट बिष्णुप्रसाद रानाभाट, वडा नम्बर १६ बाट चेतराम कंडेल र वडा नम्बर १७ बाट टिकाबहादुर रोका विजय भएका छन ।

७ औँ अधिवेशनमा सहमतिबाट नयाँ कार्य समिती र लेखा समिती चयन हुन नसके पछि ११ सय ४८ उपभोक्ताले मतदान मार्फत समिति चयन गरेका हुन । नयाँ कार्य समितिलाई सपथ ग्रहणको कार्यक्रम बुधबार बैठक बसेर निर्णय गर्ने निर्वाचन समितीका संयोजक तेजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology