गैँडाकोट । नवलपुरको गैँडाकोटबाट मोटो रकम सहित प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा न. १० भैसाखोरीमा रहेको सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा जुवा खेल्दै गरेका ५ जना र वडा नं. १४ स्थित नारायण घर्तीको घरमा जुवा खेल्दै गरेको अवस्थमा ५ जना गरि १० जुवाडे पक्राउ परेका हुन् ।
प्रहरीको विशेष टोलिले उनिहरुलाई गएराति नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा जुवा खेल्दै गरेका जुवाडेहरुको साथबाट १ लाख २५ हजार ३५ रुपैँया बरामद गरिएको छ ।
त्यसैगरी नारायण घर्तीको घरमा जुवा खेल्दै गरेकाहरुको साथबाट १९ हजार ३१५ रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।पक्राउ परेका सवैलाई जुवा ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।
Facebook Comment