जब ५० जना एयरहोस्टेसले बीच सडकमा आएर धमाधम कपडा खोल्न थाले

NAWALPUR TIMES

जब ५० जना एयरहोस्टेसले बीच सडकमा आएर धमाधम कपडा खोल्न थाले
1635676091140

काठमाडौं। इटलीको नयाँ राष्ट्रिय एयरलाइन्स कम्पनीका कैयौं एयरहोस्टेसले बीच सडकमा उभिएर आफ्नो कपडा खोलेर कम्पनीको विरुद्ध विरोध प्रदर्शन गरेका छन् । इटलीको नयाँ एयरलाइन्स कम्पनी आइटिए एयरवेजमा भएको पारिश्रमिक कटौतीको विरोधमा यी एयरहोस्टेस सडकमा उत्रिएका थिए । उनीहरुले आफूहरुको मेहनतले कम्पनी सफलताको उचाइमा पुगेको भए पनि आफूहरुसँग अन्याय गरिएको आरोप लगाएका छन् ।

आइटिए एयरवेजका एयरहोस्टेसहरुले केहीलाई जागिरबाट निकालिएको र विशेषगरी सबैको पारिश्रमिक कटौती गरिएको विरोध कपडा खोलेर गरेका हुन् । लगभग ५० महिला एयरहोस्टेसहरु आफ्नो युनिफर्ममा सडकमा आए त्यसपछि उनीहरुले कपडा खोलेर आफ्नो भित्री वस्त्रमा उभिएर कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्न थाले ।

ट्रेड युनियनले पनि जो कर्मचारी कम्पनीमै रहेका छन् उनीहरुलाई कम पारिश्रमिक दिइएको बताएका छन् । आइटिए एयरवेजकी एक एयरहोस्टेसले सीएनएनलाई बताएअनुसार पारिश्रमिक कटौतीको साथमा उनीहरुले बढुवा पनि गुमाएका छन् । उनीहरुलाई पहिले नै बताइएको छैन कि उनीहरु कहिले र कहाँ काम गर्नेछन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology