काँग्रेस गैँडाकोटले भन्याे : किसानलाई राहत देउ, डुवान प्रति समयमै ध्यान देउ

NAWALPUR TIMES

काँग्रेस गैँडाकोटले भन्याे : किसानलाई राहत देउ, डुवान प्रति समयमै ध्यान देउ
1635595826655

विशालबाबु अधिकारी /गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट नगरसमितीले वेमौसमी वर्षातका कारण किसानहरुले लगाएको धानवाली नष्ट भएको भन्दै सोको पहिचान गरि तत्काल राहत उपलव्ध गराउन माग गरेको छ ।आज बसको नगर कार्यसमितिको पहिलो बैठकले किसानहरुको धानवालीमा भएको क्षतिको पहिचान गरि राहत उपलव्ध गराउन माग गर्ने सहितका विभिन्न निर्णयहरु गरेको हो ।

नगर सभापति बद्री सापकोटाको अध्यक्षतामा बसेको बैठकले गैँडाकोट नगरपालिका वडा नं. ४,५,६ र ७ मा वर्षातको समयमा अत्याधिक डुवानको समस्या देखिने गरेको भन्दै त्यस तर्फ चनाखो भै अहिलेदेखि नै समस्याको समाधान तर्फ अगाडी बन्न स्थानीय सरकारलाई आग्रह गरेको छ ।

नगर सभापति सापकोटाले वर्षातको समस्यामा हुने डुवानप्रति संवेदनशिल हुँदै अहिलेबाट नै काम सुरु गर्न आग्रह गर्दै नगरपालिकालाई पार्टिका तर्फबाट ज्ञापनपत्र बुझाउने निर्णय भएको बताउनुभयो ।बैठकले नारायणगढ बुटवल सडकखण्डको अवस्था जिर्ण भएको भन्दै मर्मत कार्य गर्न सम्वन्धित ठेकेदार कम्पनीलाई आग्रह गरेको छ । नेपालको मध्यभागमा पर्ने सडकको अवस्था विग्रदै जाँदा यात्रुहरुले सास्ती व्यहोरेको भन्दै सडकविस्तार सँगै जिर्ण अवस्थाको सडकलाई तत्काल मर्मत गर्न बैठकले आग्रह गरेको हो ।

यसैगरी नगरमा संगठन विस्तारलाई प्रभावकारी ढंगले अगाडी बढाउने बैठकले निर्णय गरेको छ । पार्टिको नितिलाई जनस्तरसम्म लैजादै काँग्रेसप्रति प्रतिवद्ध बनाउन हरेक वडाहरुबाट संगठन विस्तारलाई अगाडी बढाउने काँग्रेस नगरसमितीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology