‘नेपालको कानुन भन्दामाथि एमसीसी छैन, पास हुन्छ’

NAWALPUR TIMES

‘नेपालको कानुन भन्दामाथि एमसीसी छैन, पास हुन्छ’
pm deuba kanchanpur kartik 04 2078

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रस्ट धारणा दिएका छन्। बेमौसमी बाढी पहिलोले पुर्‍याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले आज बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एमसीसी पास हुने दाबी गरे।

‘एमसीसी सांसदबाट सबै दलको सहमतिमा पास हुन्छ, यसका विषयमा झुटा प्रचार गरिएको छ, यो अनुदान हो, ऋण होइन उनीहरूले नै यो नेपालको कानुन भन्दा माथि नरहेको प्रस्ट पारिसकेका छन्,’ प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने।

सो क्रममा काँग्रेसको १४औँ महाधिवेशनका बारे पत्रकारहरूले राखेको जिज्ञासामा भने प्रधानमन्त्रीले महाधिवेशनबारे निर्वाचन समितिले निर्णय लिने बताए।

यसै गरी काङ्ग्रेसकै केही नेताहरूले अर्ली इलेक्सनको विषय उठाउँदै आएको पत्रकारहरूको जिज्ञासामानसमेत प्रधानमन्त्री देउवा पन्छिन खोजे। उनले सो बारे सत्ता गठबन्धनमा छलफल हुने र निर्णय लिइने स्पष्ट पारे।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology