गैंडाकोट । नारायणी नदीमा जल चढाउन गएका एक बृद्धलाई नारायणी नदीले बगाएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ घर भएका ९१ वर्षका देविराम आर्चायलाई आज नदीले बगाउँदा मृत्यु भएको हो ।
गैँडाकोट नगरपालिका वडा नं. २ स्थित आफ्नै भान्जाको घरमा केहि समयदेखि बस्दै आएका आचार्य विहान नदीमा जल चढाउन भन्दै पुगेका थिए । विहान ११ वजेतिर नदीले बगाएर केहि तल पुराएको र तत्कालै उद्धार गरिएको भएपनि उनलाई बचाउन नसकिएको इलाका प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ । बृद्धको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
											
											प्रकाशित :  २०७८ भदौ  १६ गते २१:०७
										
										
										
	
										
										  
							 
						
Facebook Comment