अफगानिस्तान छाड्न चाहनेहरूको भीडले भरियो विमानस्थल, प्लेनमा झुण्डिनका लागि मारामार (भिडियो)

NAWALPUR TIMES

अफगानिस्तान छाड्न चाहनेहरूको भीडले भरियो विमानस्थल, प्लेनमा झुण्डिनका लागि मारामार (भिडियो)
Kabul a0Sp833oWC

राजधानी काबुलमा समेत तालिबानले कब्जा जमाएपछि अफगानिस्तान छाडेर बाहिरिनेहरूको भीडले विमानस्थल नै भरिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्न मारामार परेको भिडियो क्लिप भारतीय पत्रकार सुधीर चौधरीले ट्वीटरमा राखेका छन् ।

अमेरिका, बेलायत लगायतका देशहरूले आफ्ना नागरिकको उद्धारका लागि प्लेनहरू काबुल पठाइरहेका छन् ।

अफगान छाड्नेहरूको भीडमा विदेशी मात्र नभएर त्यहीँका नागरिकहरू समेत छन् ।

हेर्नुहोस्, भिडियो :

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology