पवनदीप राजन बने १२ औं इन्डियन आइडल

NAWALPUR TIMES

पवनदीप राजन बने १२ औं इन्डियन आइडल
1629085093984

पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।

उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्।

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्।

एजेन्सी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology