विद्यालयको बदमासी ढाकछोप गर्न एसइईको नतिजा गोप्य

NAWALPUR TIMES

विद्यालयको बदमासी ढाकछोप गर्न एसइईको नतिजा गोप्य
exam board 1112

काठमाण्डौँ : यस पटक ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीले माध्यामिक तह कक्षा १० (एसइई)को परीक्षा दिएका थिए। बोर्डले ११ हजार ६ सय विद्यालयले पठाएको नतिजालाई प्रमाणीकरण गरि शनिबार नतिजा प्रकाशित गरेको छ। तर आफैले सर्वाजनिक गरेको नतिजा सञ्चारकर्मी र सञ्चार क्षेत्रमा उपलब्ध नगराउनु विद्यालयले दिएको अस्वभाविक अंकलाई ढाकछोप गरेको शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइ छ।

विद्यालयले आफू अनुकुल विद्यार्थीलाई नम्बर दिएका थिए। त्यहीँ भएर २०७२ सालदेखि सुरु भएको ग्रेडिङ प्रणालीको नतिजामा २०७३ मा दुई/चार विद्यार्थीले मात्रै जिपिए ४ ल्याएका थिए। तर यस पटक हजारौं विद्यार्थीको जिपिए ४ आएको र विद्यालयको बदमासी भएको शिक्षाविद कोइरालाले बताए। विद्यालयको बदमासीलाई लुकाउन बोर्डले विश्लेषनात्मक सूचना सार्वजनिक नगरेको उनको आरोप छ। देशभरिको नतिजा प्रमाणीकरण गर्ने परीक्षा बोर्डले किन नतिजा उपलब्ध गराएन ? यसको अर्थ बदमासी भएको प्रष्ट हुन्छ उनको भनाइ छ। यसपटक ८ हजार चार सय ४४ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन्। कोरोना जोखिमका कारण गत वर्षदेखि सरकारले एसइई परीक्षाको सञ्चालन, व्यवस्थापन तथा मूल्यांकनाको अधिकार सम्बन्धित विद्यालयलाई दिएको छ। विद्यालयहरूले आन्तरिक मूल्यांकनको आधारमा अंक दिँदै आएका छन् । ‘विद्यालयलाई अधिकार दिएसाथै ह्वात्तै जिपिए ४ ल्याउनेको संख्यामा वृद्धि हुनुले विद्यालयले बदमासी गरेको प्रष्ट देखिन्छ,’ शिक्षाविद कोइरालाले भने, ‘विद्यालयको बदमासी ढाकछोप गर्न परीक्षा बोर्डले नतिजा विश्लेषण पनि गरेन र नतिजा उपलब्ध पनि नगराएको होला।’

परीक्षा नियन्त्रक रूद्र अधिकारीका अनुसार यस पटक बोर्डले एसइई परीक्षालाई व्यवस्थित गर्न ८० नम्बरभन्दा बढी अंक दिने विद्यालयले अनिवार्य कारण खुलाउनु पर्ने व्यवस्था थियो। एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ नै गरिएको थियो। तर पनि विद्यालयले यसको कार्यान्वयन गरेको पाइएन्। सरकारी र निजी दुवै विद्यालयहरूले आफ्नो विद्यालयको नतिजा राम्रो देखाउन मनोमानी नम्बर दिन होड्बाजीनै गरेको पुष्टि भएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology