खसी भन्दै बाख्रीको मासु बिक्री गर्ने ४ जना पक्राउ

NAWALPUR TIMES

खसी भन्दै बाख्रीको मासु बिक्री गर्ने ४ जना पक्राउ
arrested 4

काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् ।

शनिबार बिहान ५ः०० खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्रीको पहिचान खुल्ने अंगहरु लुकाएर मासु बेच्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।

एसपी बस्नेतका अनुसार पक्राउ पर्नेहरूले बिक्रीका लागि राखिएको खसीको मासुमा बाख्रीका पहिचान खुल्ने अंग लुकाएर बाख्रीको मासु मिसाएर बेच्दै आएका थिए ।

प्रहरीले बिक्रीका लागि राखिएको १५ वटा बाख्री, बाख्रीको अंग लुकाएर बेच्न राखिएको मासु समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology