ओली नेतृत्वको सरकारले जाँदाजाँदै २० देखि २८ प्रतिशतसम्म बढायो सवारी भाडा
NAWALPUR TIMES प्रकाशित : २०७८ असार ३० गते १६:२९
Bhada rl0HCpACks
सरकारले यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरेको छ ।
भाडा समायोजन सम्बन्धमा असार २७ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति प्राप्त भएबमोजिम भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जाँदाजाँदै भाडा वृद्धिको स्वीकृति प्रदान गरेका थिए ।
विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा जनाइए अनुसार यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत र मालबाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत वृद्धि भएको छ ।
मालबाहक सवारीतर्फ पहाडी बाटोमा २० र तराईको बाटोमा २६ प्रतिशत भाडा वृद्धि गरिएको सूचनामा उल्लेख छ ।