ओली नेतृत्वको सरकारले जाँदाजाँदै २० देखि २८ प्रतिशतसम्म बढायो सवारी भाडा

NAWALPUR TIMES

ओली नेतृत्वको सरकारले जाँदाजाँदै  २० देखि २८ प्रतिशतसम्म बढायो सवारी भाडा
Bhada rl0HCpACks

सरकारले यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरेको छ ।

भाडा समायोजन सम्बन्धमा असार २७ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति प्राप्त भएबमोजिम भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जाँदाजाँदै भाडा वृद्धिको स्वीकृति प्रदान गरेका थिए ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा जनाइए अनुसार यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत र मालबाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत वृद्धि भएको छ ।

मालबाहक सवारीतर्फ पहाडी बाटोमा २० र तराईको बाटोमा २६ प्रतिशत भाडा वृद्धि गरिएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस्, सूचना :

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology