मन्त्रीहरूको जिम्मेवारी हेरफेर, कसले कुन पाए ?

NAWALPUR TIMES

मन्त्रीहरूको जिम्मेवारी हेरफेर, कसले कुन पाए ?
Pradhanmantri Karyalaya 22018 12 231624380687

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । उनले बिहीबार सरकारमा रहेका चार मन्त्रीहरूलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

ओलीले रक्षा र परराष्ट्रमन्त्रालय आफैँसँग राखेका छन् ।

अर्थमन्त्री रहेका विष्णुप्रासाद पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति,ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृहको जिम्मेवारी दिइएको छ ।

त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालय थपिएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि ओली नेतृत्वको सरकार चार मन्त्रीमा खुम्चिएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology