नवलपुरका उद्योग कलकारखानामा श्रमिकको स्वास्थ्य जोखिममा रहेको ट्रेडयुनियन काङ्ग्रेसको ठहर

NAWALPUR TIMES

नवलपुरका उद्योग कलकारखानामा श्रमिकको स्वास्थ्य जोखिममा रहेको ट्रेडयुनियन काङ्ग्रेसको ठहर
industry

कावासोती । कोरोनाको दोस्रो लहरको बेलामा पनि नवलपुरमा संचालित उद्योग कल कारखानाहरु काम गर्ने श्रमिकको स्वास्थ्य जोखिममा रहेको भन्दै श्रमिकको स्वास्थ्य सुरक्षा प्रति संवेदनशील बन्न भन्दै नेपाल ट्रेड युनियन काङ्ग्रेस नवलपुरले उद्योग सन्चालकहरुको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार नेपाल ट्रेड युनियन काङ्ग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदी र सचीव गोपाल बस्ताकोटीले प्रेस विज्ञप्ति जारी गर्दै श्रमजीवी मजदुरहरुको स्वास्थ्यमा संवेदनशील हुन र मजदुरहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा
को व्यवस्था गर्न माग गरेका छन ।

उद्योगहरुले श्रमिकहरुलाई प्रदान गरिएको भनिएको स्वास्थ्य सामाग्री गुणस्तरीय नभएको भन्दै गुणस्तरीय स्वास्थ्य सामाग्री प्रदान गर्न, सिफ्ट व्यवस्थापन गरी उद्योग सन्चालन गर्न, भौतिक दुरि कायम गर्ने तर्फ ध्यान दिन, श्रमिकलाई घर बाट आउन जान यातायातको व्यवस्था गर्न, श्रमिकको स्वास्थ्य बिमा गर्न , संक्रमित श्रमिकको उपचारको लागि अक्सिजन सहितको आईसोलेसनको व्यवस्था गर्न र कोभिड-१९ बाट प्रभावित श्रमिकका परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले अनुगमन गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेको केहिलाई पुरा गर्न निर्देशन दिईएको भनिए पनि श्रमिकहरुले भने त्यसो नभएको बताएका हुन ।

जिल्लामा रहेका ठुला उद्योगहरु चौधरी उद्योग ग्राम, गोरखा ब्रुअरी , होङ्ग्सी सिमेन्ट लगाएतका सबै उद्योगहरु सन्चालनमा आएपनि आवश्यक स्वास्थ्य सुरक्षा न अपनाईएको भन्दै जनस्तरबाट समेत चर्को विरोध हुँदै आएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology