केपी ओली पुनः प्रधानमन्‍त्री नियुक्त, शुक्रबार शपथ लिने

NAWALPUR TIMES

केपी ओली पुनः प्रधानमन्‍त्री नियुक्त, शुक्रबार शपथ लिने
1620704287408

काठमाडौं : नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते बहुमतीय सरकार गठनका लागि गरेको आह्वान अनुसार कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।  वैशाख २७ गते संसदबाट विश्वासको मत लिन नसक्दा पदमुक्त भएका ओली तीन दिनमै पुनः प्रधानमन्त्री बनेका हुन्।

राष्ट्रपति  विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्रीसहित केही मन्त्रीको पद तथा गोपनीयतको शपथ ग्रहण भने शुक्रबार हुनेछ। राष्ट्रपति कार्यालयले त्यसको तयारी थालिसकेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology