गैंडाकोट नगरपालिकाद्धारा गर्भवती र कोरोना संक्रमितलाई नि:शुल्क एम्बुलेन्स

NAWALPUR TIMES

गैंडाकोट नगरपालिकाद्धारा गर्भवती र कोरोना संक्रमितलाई नि:शुल्क एम्बुलेन्स
182112802 749790092371397 2860614118019446630 n

प्रकाश भण्डारी, गैंडाकोट।  गैंडाकोट नगरपालिकाले कोभिड १९ का संक्रमितहरू र गर्भवती महिलाहरूको लागि नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ।

गैंडाकोट नगरपालिकाको परिसरमा २४ सै घण्टा तयारी अवस्थामा रहेको एम्बुलेन्स र अमरापुरीमा रहेको एम्बुलेन्स कोरोना संक्रमितहरूलाई नि:शुल्क रूपमा उपलब्ध गराईनेछ। त्यस्तै पितौँजीघाटमा रहेको नगर अस्पतालको एम्बुलेन्स गर्भवती महिलाहरूलाई नि:शुल्क उपलब्ध गराईने  गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नवलपुर टाईम्सलाई जानकारी गराउनु भयो।

कोभिड १९ महामारीको बेला स्वास्थ्यलाई  पहिलो प्राथमिकतामा राख्दै कुनै पनि संक्रमित व्यक्तिहरू तथा गर्भवती महिलाहरूले एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन नपाएर दु:ख पाउन नपरोस भन्ने उद्देश्यले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराईएको उहाँले बताउनुभयो।

साथै कुनै स्वास्थ्य समस्या भएमा गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलको मोवाईल नं. ९८५६०४५९३३  मा सिधै सम्पर्क गर्न भन्दै नगरवासीहरूलाई आग्रह गर्नुभएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology