जन्मदिनमा पूर्वसचिव उपाध्यायले दिए आविष्कार केन्द्रलाई एक महिनाको पेन्सन

NAWALPUR TIMES

जन्मदिनमा पूर्वसचिव उपाध्यायले दिए आविष्कार केन्द्रलाई एक महिनाको पेन्सन
thumb 2

प्रकाश भण्डारी।  जन्मदिनको अवसर पारेर सरकारका पूर्वसचिव इन्जिनियर भीम उपाध्यायले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

उनले आफूले पाउने पेन्सन रकमको एक महिनाको तलब आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । साथै, उनले हरेक वर्ष एक महिना बराबरको तलब सहयोग गर्ने घोषणासमेत गरिसकेका छन् ।

बैशाख १४ गते उपाध्याय ६१ वर्ष पुरा भएका छन् । सहयोगपछि उनले भनेका छन्, ‘आविष्कार केन्द्र उद्यमशील बन्न चाहने प्राविधिक युवा प्रतिभाहरूका निम्ति सीप तथा बुद्धि खेलाउने प्राविधिक मन्दिररूपी प्रयोगशाला हो। यस्ता इनोभेशन केन्द्रहरू देशका विभिन्न ठाउँमा खोलिदै जाउन्। यो मन्दिर पुग्दा मलाई जहिले पनि त्यसै आनन्द लाग्ने गर्छ।’

यसअघि पनि उनले आविष्कार केन्द्रका लागि सहयोग अभियान संचालन गर्दै आएका थिए । सो अभियान पनि जारी रहने उपाध्यायले जनाएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology