पन्छाइए नेपाल पक्षधर : न स्थायी कमिटीमा, न विभागीय जिम्मेवारीमा

NAWALPUR TIMES

पन्छाइए नेपाल पक्षधर : न स्थायी कमिटीमा, न विभागीय जिम्मेवारीमा
uml pp meeting zHwpdOGDyQ

एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जिम्मवारीविहीन बनाउँदै कार्यविभाजन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्ष छाडेर स्थायी कमिटी गठनसहित नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो। नेता वामदेव गौतम र माओवादी केन्द्रबाट आएका चार नेतालाई समेटेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ।

स्थायी कमिटीमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहित गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुवीर महासेठ, केशव बडाल र डा। पुष्पराज कँडेललाई चयन गरिएको छ। यीमध्ये थापा, रायमाझी, भट्ट र थापा माओवादीबाट आएका नेता हुन्।

नेपालसहित उनी पक्षका झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, मुकुन्द न्यौपाने, अमृतकुमार बोहरा र रघुजी पन्तलाई कमिटीमा समेटिएको छैन। उनीहरू नवौं महाधिवेशनबाट निर्वाचित भएका थिए। ओली पक्षमै रहेका सोमनाथ प्यासी प्रदेश प्रमुख भएकाले स्थायी कमिटीमा परेका छैनन्। स्थायी कमिटीमा महिला र कर्णाली प्रदेशबाट कोही पनि परेका छैनन्।

बैठकले २ सय ६५ नेताको जिम्मेवारी तोकेको छ । अध्यक्ष ओलीले स्कुल विभागको जिम्मेवारी लिएका छन्। महासचिव पोखरेललाई केन्द्रीय कार्यालय प्रमुख तथा उपत्यका विशेष कमिटी इन्चार्ज बनाइएको छ। विष्णु पौडेल संगठन विभाग तथा अर्थ तथा योजना विभाग प्रमुख बनेका छन्। प्रवक्ता एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीप ज्ञवालीलाई बनाइएको छ।

शंकर पोखरेललाई लुम्बिनी प्रदेशको इन्चार्ज, संघीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई प्रेस चौतारी नेपाल इन्चार्ज र प्रचार तथा प्रकाश विभाग उपप्रमुखको जिम्मेवारी दिएको छ। महेश बस्नेतले युवा संघ र नेपाल खेलकुद महासंघ इन्चार्जको जिम्मेवारी पाएका छन्। गौतमलाई स्थायी कमिटीमा राखिए पनि जिम्मेवारी दिइएको छैन।

जिम्मेवारी नपाउनेमा नेपालसहित उनी पक्षका झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त, अमृत बोहरा, अरुण नेपाल, कमलप्रसाद चौलागाईं, कल्याणीकुमारी खड्का, केदारप्रसाद न्यौपाने, कृष्णप्रसाद शर्मा खनाल, खगेन्द्र चुडाल, गणेशकुमार पहाडी, गंगालाल तुलाधार, गरिमा शाह, गौरा प्रसार्इं कोइराला, घनेन्द्र बस्नेत, चन्द्र शाही, चूडामणि जंगली, जगन्नाथ खतिवडा, जयन्ती राई छन्। यो समाचार अन्नपूर्णपोस्ट छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology