भारतलाई कोरोनाको दोस्रो लहरले अस्तव्यस्त बनाउँदै लगेको छ। कोरोना संक्रमितको तथ्यांकले नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। देशभर बुधवार २४ घण्टामा ३ लाख १५ हजार ४७८ नयाँ संक्रमित थपिएका छन्।
यही अवधिमा एकै दिन २ हजार १०१ मानिसले ज्यान गुमाएका छन्। भारतमा लगातार दोस्रो दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार माथि पुगेको हो।
भारतमा अहिले पनि २२ लाख ८४ हजार २०९ बिरामीको उपचार चलिरहेको छ। बुधवार रेकर्ड १ लाख ७९ हजार ३७२ बिरामी निको भए। संक्रमणबाट अहिलेसम्म भारतमा १ लाख ८४ हजार ६७२ को ज्यान गइसकेको छ। मंगलवार २ लाख ९४ हजार नयाँ संक्रमित भेटिएका थिए। त्यही दिन २ हजार २१ संक्रमितको ज्यान गएको थियो।
प्रकाशित : २०७८ वैशाख ९ गते १०:१७
Facebook Comment